|  

चीनतर्फ ताल बनेपछि नेपालमा सतर्कता, तत्काल ठूलो जोखिम नरहेको सरकारको दाबी

१२ भदाै, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो तालका कारण सम्भावित जोखिमबारे सरकारले निगरानी बढाएको छ। यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले तालमा ग्ल्यासियर फुटेको जानकारी प्राप्त भएको बताए। उनका अनुसार सम्भावित जोखिमबारे चीन सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत निरन्तर संवाद भइरहेको छ। चीनतर्फबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी आएको उनले बताए। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले सबैलाई सतर्क रहन आग्रह गरेको छ।