|  

बाढी प्रभावितको उद्धार र राहतका लागि गण्डकीले ४ करोड दिने

१२ भदाै, काठमाडाैं । गण्डकी प्रदेश सरकारले रसुवासहित बाढी प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार जारी गरेको अपिलमार्फत रसुवा र नुवाकोट पुगेका गण्डकीका केही नागरिक सम्पर्कविहीन रहेको जानकारी आएको बताएका छन्। सम्पर्कविहीनको खोजी, उद्धार तथा भेटिएका शवको व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले जनाएका छन्। उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरका बाढी प्रभावितको उद्धार, उपचार र राहतमा सहयोग गर्न सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री पाण्डेले विपद्को संवेदनशील अवस्थामा अपुष्ट सूचना तथा अफवाह नफैलाउन र आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र सार्वजनिक गर्नसमेत आग्रह गरेका छन्।