|  

भोटेकोशी बाढीपछि शव खोज्न सेनाले थप १२०० सैनिक परिचालन गर्‍यो

१२ भदाै, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको गुनासो बढेपछि नेपाली सेनाले खोज तथा उद्धार अभियान तीव्र बनाएको छ।

सेनाले शव खोजी र संकलनका लागि रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्रमा थप १ हजार २०० सैनिक परिचालन गरेको हो। त्रिशूली र नारायणी नदी किनारका सम्भावित स्थानमा समेत सैनिक टोली परिचालन गरी खोजी कार्यलाई प्राथमिकता दिइएको छ। यसअघि उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १ हजार ६०० सैनिक परिचालन गरिएको थियो। थप जनशक्ति परिचालनसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खटिएको नेपाली सेनाको कुल जनशक्ति २ हजार ८०० पुगेको छ।

नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाबीच पनि सैनिक टोलीले बेपत्ताको खोजी तथा फेला परेका शव संकलनको काम निरन्तर अघि बढाइरहेको सेनाले जनाएको छ।