१२ भदाै, काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाई विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा फेला परेका १०२ जनाको शव पहिचान, डीएनए नमूना सङ्कलन र पोस्टमार्टमका लागि कास्कीको पोखरा लगिएको छ ।
धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा भेटिएका शवहरू त्यहाँ परीक्षण र व्यवस्थापन गर्ने पर्याप्त सुविधा नभएपछि कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा पोखरा लगिएको हो । जिल्ला प्रशासन कार्यालयकाअनुसार बिहीवार राति मात्रै पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ वटा शव पोखरा पु¥याइएको छ । एकैपटक ठूलो सङ्ख्यामा शवहरू ल्याइएपछि पोखराका स्वास्थ्य संस्थाहरूमा व्यवस्थापनको तिब्र दबाब परेको छ । हाल ल्याइएका अधिकांश शवहरूको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ । तनहुँमा फेला परेका ९ वटा शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक परीक्षण गरी थप व्यवस्थापनका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ । पोखराका सरकारी तथा निजी अस्पतालहरूमा गरी कुल ८८ वटा शव मात्र राख्नसक्ने क्षमता रहेकाले हाल शवगृहहरू लगभग पूर्ण रूपमा भरिएका छन् ।
स्थानीय प्रशासनकाअनुसार फेला परेका शवहरू क्षतविक्षत अवस्थामा रहेकाले पहिचान खुलाउन निकै चुनौतीपूर्ण देखिएको छ । कास्की प्रहरी र जिल्ला प्रशासनको टोलीले अहिले शवहरूको वैज्ञानिक परीक्षण र पहिचान खुलाउने कार्यलाई मुख्य प्राथमिकतामा राखेको कास्कीका प्रहरी उपरीक्षक नविन कार्कीले बताउनु भयो । यसका लागि प्रत्येक शवको तस्बिर र आवश्यक विवरणको अभिलेख राख्नुका साथै डीएनए परीक्षणका लागि नमुना सङ्कलन कार्यलाई तिब्रता दिइएको बताउनु भयो । परीक्षण प्रक्रिया सम्पन्न भएलगत्तै पहिचान हुन नसकेका शवहरूको हुलिया र विस्तृत विवरण सहितको सार्वजनिक सूचना जारी गरिने स्थानीय प्रशासनले जनाएको छ । बाढीपछि आफ्ना आफन्तहरू हराइरहेका परिवारहरूलाई पोखराका अस्पतालहरूमा सम्पर्क गरी शव पहिचानमा सहयोग पु¥याउन प्रशासनले विशेष आग्रह गरेको छ । पहिचान हुन नसकेका शवहरूलाई कानूनी प्रक्रिया र मापदण्ड पूरा गरी अन्तिम संस्कार गरिने समेत जानकारी दिइएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar