|  

नेपाल-चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी

१२ भदाै, काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीको सन्दर्भमा चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताउनुभएको छ । 

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीन र नेपालबीचको सुमधुर सम्बन्ध नै बिग्रने गरी ‘¥युमर’ फैलाइएको बताउनु भयो । उहाँले प्राकृतिक रूपमा हिमालय क्षेत्रमा हुने हिमपहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने घटनाको ठ्याक्कै समय र स्थानबारे पूर्वसूचना दिन सम्भव हुने बताउनु भयो । उहाँले निरन्तर निगरानी हुने सगरमाथा हिमालमा समेत पर्यटक र पथप्रदर्शकलाई जोगाउन नसकिएको उल्लेख गर्दै निगरानी नै नभएको हिमालयमा कुन ठाउँमा के घटना हुन्छ ? भन्ने सूचना प्रदान गर्न नसकिने बताउनु भयो । रेग्मीले बाढीका सम्बन्धमा चीनसँग पूर्वसूचना भएपनि नेपाललाई नदिएको भन्ने आरोप लगाएर दुई देशबीचको सुमधुर सम्बन्ध बिगार्न नहुने कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना र अफवाह फैलाउने कार्य भइरहेको भन्दै जिम्मेवार बन्न समेत आग्रह गर्नुभयो । उहाँले विगतमा नेपालमै भएका कयौँ प्राकृतिक विपद्का घटनाको उदाहरण दिँदै यस्ता घटनामा पूर्वसूचना प्रदान गर्न सम्भव नहुने बताउनु भयो । उहाँले भन्नुभयो,‘ चीनतर्फबाट सूचना आदानप्रदान नभएको भनेर आएका ¥युमरहरु सबै ‘¥युमर’ नै हो । अब यो हिमालयमा पूर्वदेखि पश्चिमसम्म आइस नै आइस छ । चट्टानै चट्टान छ । कुन कहिले खस्ने हो ? भन्ने सूचना कसरी हुनसक्छ ? अनि, एभरेस्ट क्लाइम्बिङमा जहाँ संसारको फोकस हुन्छ, संसारका सबै क्लाइम्बर आउँछन्, संसारको सबै मिडियाले हेरिरहेको छ, त्यहाँ चाहिँ राम्रोसँग वेदर फोरकास्ट गरेर चाहिँ हामीले क्लाइम्बरहरुलाई चाहिँ त्यहाँ हुने तपाईँको आइसफलबाट आइसफल नहुने बेलामा क्रस गराउन सधैँ सक्दैनौँ । त्यहाँ हुने दुर्घटनाबाट हामीले आफ्ना शेर्पाहरु समेत जोगाउन सकेका छैनौmँ विदेशी पर्वतारोहीलाई पनि जोगाउन सकेका छैनौँ । त्यो त एकदमै नजिकबाट मोनिटर हुने ठाउँ हो नि । अनि मोनिटर नै नभएका यो देशभरिका कुन ठाउँमा कहिले फुट्छ भनेर कसरी भन्न सकिन्छ ? यो प्राकृतिक हिसाबले एउटा नेचुरल प्रोसेसमा हुने कुरा हो । के, कति समयमा हुनसक्छ ? भनेर भन्न सकिँदैन । त्यसकारण यो बाढीको सन्दर्भमा समेत चीनसँग सूचना थियो, उसले सूचना समयमै दिएन भनेर आरोप लगाउने कुरा मिथ्या हुन् । उ समयमा थामे फुटेको सूचना के हामीसँग थियो त ? सेती फुट्ने कुरामा हामीलाई केही थाहा थियो त ? ७२ जनाले ज्यान गुमाएको होइन ? त्यसकारण यो चीनलाई आरोप लगाउने र दुई देशबीचको सुमधुर सम्बन्धलाई बिगार्ने काम गर्नुहुँदैन । यो कसैलाई थाहा थिएन र थाहा नहुने कुरा पनि हने । यस कुरामा ¥युमर नफैल्याउने कुरामा सामाजिक सञ्जाल पनि जिम्मेवार हुनुपर्यो । अनि यो विषयमा सबैसँग अन्तर्वार्ता गर्ने पनि होइन । यी कुरा विषय विज्ञलाई मात्र सोध्नुहोस् जसले ग्ल्यासियोलोजी पढेका छन् ।’
उहाँले हिमनदी, हिमताल र प्राकृतिक विपद्सम्बन्धी विषयमा जथाभावी टिप्पणी नगरी ग्ल्यासियोलोजी तथा सम्बन्धित विषयका विज्ञसँग मात्र धारणा लिन समेत सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल