|  

अभिनेत्री प्रियंका र गायक जेनले गरे नेपालका १० हजार बालबालिकाका लागि सहयोगको अपिल !

१२ भदाै, काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र गायक जेन मलिकले नेपालका बाढी प्रभावित १० हजार बालबालिकालाई तत्काल मानवीय सहायता आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएका छन्।

उनीहरूले भोटेकोशी बाढीबाट भएको क्षतिको तस्वीरसहित युनिसेफको सूचना सामाजिक सञ्जालमा सेयर गर्दै प्रभावित बालबालिकाका लागि सहयोग आवश्यक रहेको बताएका हुन्। प्रियंका र जेनले रसुवा र नुवाकोटमा भएको जनधनको क्षति झल्काउने तस्वीरसमेत पोस्ट गरेका छन्। प्रियंका बलिउड र हलिउडकी चर्चित अभिनेत्री हुन् भने जेन मलिक ‘वान डाइरेक्सन’का पूर्वसदस्य हुन्। पछिल्लो समय उनी एकल संगीतमा सक्रिय छन्।