|  

१३ पुल बगेपछि विच्छेद रसुवा पुनः सडक सञ्जालमा

१२ भदाै, काठमाडाैं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ । बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ । नुवाकोट र रसुवा सीमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो ।