१२ भदाै, काठमाडाैं । रसुवामा आएको बाढीपछि खोज तथा उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय र शवको खोजी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको छलफलमा सम्बन्धित मन्त्रालय मातहतका निकाय तथा सहयोगी संस्थाका अधिकारी सहभागी थिए। बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, युवा तथा श्रममन्त्री रामजी यादव र प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीको समेत उपस्थिति थियो। छलफलमा बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने राहत तथा मानवीय सहयोगलाई समन्वयात्मक रूपमा अघि बढाउने विषयमा केन्द्रित रहेर विचारविमर्श गरिएको थियो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar