|  

बाढीपीडित नेपालीका लागि सहयोग गर्न अमेरिकी समाचार संस्था सीएनएनको अपिल

१३ भदौ, काठमाडौं । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न अमेरिकी समाचार संस्था सीएनएनले विश्व समुदायसमक्ष अपिल गरेको छ।

सीएनएनको ‘इम्प्याक्ट योर वल्र्ड’ अन्तर्गत प्रकाशित सामग्रीमा नेपालसहित चीनमा बुधबार आएको विनाशकारी बाढीले कैयौँ समुदाय गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै बाढीपीडितलाई सहयोग गर्न आह्वान गरिएको हो।

सीएनएनले आफ्ना पाठक तथा विश्वभरका सहयोगीलाई बाढी प्रभावित नेपालीका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको छ। सहयोग गर्न इच्छुकले सीएनएनको ‘प्लेज’मार्फत दान गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।