|  

भारतले पठायो सुरुङ उद्धार कार्यका लागि टोली र प्राविधिक सामाग्री

१३ भदौ, काठमाडौं ।  भारतले रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरुङ उद्धारका लागि विशेष टोलीसहित आवश्यक प्राविधिक सामग्री नेपाल पठाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् । भोटेकोसी बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा रहेका जलविद्युत आयोजनाका सुरुङभित्र रहेका कर्मचारीको उद्धारमा कठिनाइ भइरहेका बेला भारतले दक्ष जनशक्ति र आवश्यक प्राविधिक सामग्रीसहितको टोली पठाएको हो।

उद्धार टोलीसँगै भारतले नेपालका बाढीपीडितका लागि १० टन राहत सामग्रीसमेत पठाएको जनाएको छ। भारतले यसअघि दुईपटक राहत सामाग्रीसहितका विमान पठाइसकेको छ ।