१३ भदौ, काठमाडौं । भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ ।
शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने जानकारी गराएका हुन् ।
विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको जैसवालले बताएका छन्।
साथै नेपाल सरकारको अनुरोधमा बेलिब्रिज पनि पठाउने तयारी रहेको र बेलिब्रिज चाँडो जडान गर्नका लागि प्राविधिक टोली पनि पठाइने उनले जानकारी दिएका छन्।
भारतले त्यसका साथै नेसनल डिजास्टर रेस्पोन्स फोर्स (NDRF) का उद्धारकर्मी नेपाल पठाउने प्रस्तावसमेत गरेको छ। यस विषयमा नेपाल सरकारको जवाफको प्रतीक्षामा रहेको जैसवालले बताएका छन्।
नेपालले बाढीपहिरो प्रभावित क्षेत्रमा सडक तथा पुल क्षतिग्रस्त भएपछि उद्धार र राहत कार्यका लागि भारत तथा चीनसँग ४२ वटा बेलिब्रिज उपलब्ध गराउन आग्रह गरेको थियो। जैसवालले भारतको एउटा बेलिब्रिज नेपालमै रहेको र त्यसलाई प्रयोग गर्न सकिने जानकारी दिएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar