|  

पोखरामा भेलले बगाउँदा आमा–छोरीको मृ#त्यु

१३ भदौ, काठमाडौं । शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु भएको छ ।

पोखरा–१७ हर्कचोकमा भएको घटनामा २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको हो । स्कुटरबाट झर्ने क्रममा छोरीलाई भेलले बगाएपछि बचाउन गएकी आमालाई समेत भेलले बगाएको थियो ।

आमाछोरीलाई करिब दुई किलोमिटर तल बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो।

उपचारका क्रममा आमाको शुक्रबार राति र छोरीको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।