|  

बाढीपहिरो पीडितलाई एनआरएनए अस्ट्रेलियाको ४५ लाख सहयोग

१३ भदौ, काठमाडौं । अस्ट्रेलियामा रहेका नेपालीले नेपालका हालैका बाढीपहिरोपीडितका लागि ४५ लाख रुपैयाँभन्दा बढी राहत सहयोग जुटाएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)अस्ट्रेलियाले ४१ हजार ९३ अस्ट्रेलियन डलर अर्थात् करिब ४५ लाख १२ हजार ७३९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

विभिन्न नेपाली समुदाय तथा संघसंस्थासँगको सहकार्यमा सञ्चालन गरिएको आपत्कालीन गोफन्डमी अभियानमार्फत रकम संकलन गरिएको एनआरएनए अस्ट्रेलियाले जनाएको छ।

अभियानमा अस्ट्रेलियामा रहेका नेपालीसँगै नेपालका शुभेच्छुक, व्यवसायी तथा सामाजिक संस्थाले समेत सहयोग गरेका थिए।