|  

चितवनमा भेटिएका श#व सड्न थालेपछि डीएनए राखेर जमिनमुनि गाडिने

१३ भदौ, काठमाडौं । रसुवा बाढीमा परी चितवनका विभिन्न स्थानबाट संकलन गरिएका २३३ शवमध्ये पहिचान हुन नसकेका २२९ शव गाडिने भएको छ।

सडे–गलेका शवबाट संक्रमण तथा महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो। चार शवको भने पहिचान भइसकेको छ। शव गाड्नुअघि सबैको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट संकलन गरिएका शव तथा शवका अवशेषहरू कुहिन थालेको र दुर्गन्धका कारण सङ्क्रमण एवम् महामारी फैलिने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका थिए ।

सोही राय र विश्लेषणका आधारमा शवहरूलाई थप सड्न–गल्न नदिन, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न यो बाध्यता उत्पन्न भएको प्रशासनले जनाएको छ ।

null