|  

त्रिशूलीमा बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ, ९२ लाख बढी बरामद

१३ भदौ, काठमाडौं । धादिङमा त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ परेका छन् ।

बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको  छ । घटनामा केही व्यक्ति पक्राउ परेका छन्।