|  

बाढीमा परी केरुङ नाकाको चीनतर्फ ७ जनाको मृ#त्यु, ५५४ बेपत्ता

१३ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती तिब्बतको केरुङ नाकामा आएको बाढी–पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता भएका छन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि व्यापक अभियान सञ्चालन गरिएको छ।

शनिबार बिहानदेखि सिचुआन अग्नि नियन्त्रण तथा उद्धार कोरको टोलीले विपद्ग्रस्त क्षेत्रमा हेभी मेसिनरी र जनशक्ति परिचालन गरी घाइते तथा बेपत्ताको खोजी तीव्र बनाएको जनाएको छ।