|  

भोटेकोशी बाढीपीडितका लागि क्यानको ३० लाख सहयोग

१३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रसुवाको भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

क्यानका सचिव पारस खड्काका अनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवार र समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो।

क्यानले विपद्बाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार र पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग तथा सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ।