|  

परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण रद्द

१३ भदौ, काठमाडौं ।  रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो सर्बिया भ्रमण रद्द गरेका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार असंलग्न आन्दोलन (नाम)को उच्चस्तरीय स्मरण सभामा सहभागी हुन खनालको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल आइतबार सर्बिया जाने तय भएको थियो ।

बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरण सभा आयोजना हुँदैछ ।

तर, रसुवा, नुवाकोट लगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएपछि मन्त्री खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् ।