१३ भदाै, काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीमा सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फसेको चार दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इन्जिनियर भट्टले नेपालमा सुरुङ निर्माणको युग शुरु भएपनि सुरुङभित्र हुने दुर्घटनाको उद्धारका लागि आवश्यक प्राविधिक विज्ञता र क्षमता अझै विकास भइनसकेको बताउनु भयो । उहाँकाअनुसार नेपालको आफ्नै स्रोत र साधनले उद्धार सम्भव नभएकाले ढिला नगरी छिमेकी मुलुकहरूसँग सहयोग माग्नुपर्ने अवस्था आएको छ । विपद्को शुरुवाती चरणमा सरकारले देखाएको तदारुकता र सुरक्षाकर्मीको परिचालन प्रशंसनीय भएपनि विशिष्ट प्रकृतिको उद्धारमा स्वदेशी क्षमताले नभ्याउने उहाँको भनाइ छ । विपद्को प्रकृति र आकारअनुसार स्थानीय, प्रदेश, सङ्घ र आवश्यकता परे अन्तर्राष्ट्रिय सहयोग लिने प्रचलन रहेको स्मरण गराउँदै भट्टले अहिलेको घटनामा वैदेशिक विशेषज्ञ टोलीको आवश्यकता खड्किएको उल्लेख गर्नुभयो । उहाँले अनावश्यक भीडभन्दा पनि सुरुङ उद्धारमा दख्खल राख्ने निश्चित प्राविधिक टोलीलाई मात्रै परिचालन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘टनेलभित्रको उद्धारमा हाम्रो विशेषज्ञता पुग्छ कि पुग्दैन भन्ने कुरालाई ध्यान दिनुपर्छ । मानिसको जीवन सबैभन्दा महत्वपूर्ण भएकाले हामीले सक्ने काम आफैँ गर्नुपर्छ, तर हाम्रो क्षमताले नभ्याउने अवस्थामा अन्तर्राष्ट्रिय सहयोग लिन ढिला गर्नु हुँदैन । नेपालमा टनेल निर्माणको शुरुवात भएपनि टनेलभित्र हुने दुर्घटनाको उद्धारसम्बन्धी पर्याप्त विशेषज्ञता अझै विकास भइसकेको छैन । चीन र भारतजस्ता छिमेकी देशसँग टनेल तथा खानी दुर्घटनामा उद्धारको अनुभव र विशेषज्ञता भएकाले आवश्यक परे उनीहरूको सहयोग लिनुपर्छ । चार दिनसम्म मानिसहरू टनेलभित्र फसेको अवस्थामा उद्धारमा थप ढिलाइ गर्नु जोखिमपूर्ण हुन्छ । त्यसैले हामीले गर्नसक्ने काम आफैँ गर्ने र नसक्ने कामका लागि विशेषज्ञ अन्तर्राष्ट्रिय टोलीलाई तत्काल परिचालन गर्नुपर्छ । विपद्को आकार र हाम्रो क्षमताअनुसार स्थानीय, प्रदेश र संघीय सरकारसँगै आवश्यक पर्दा अन्तर्राष्ट्रिय सहयोग लिनु नै उचित हुन्छ । विपद्को समयमा ‘होल अफ द सोसाइटी’ र ‘होल अफ द गभर्मेन्ट’ दृष्टिकोणबाट सबै पक्षलाई जोडेर उद्धार गर्नुपर्छ । जीवन बचाउने विषयमा सहयोग लिन हिचकिचाउनु हुँदैन ।’
पूर्वकार्यकारी प्रमुख भट्टले उद्धार कार्यमा कुकटनीतिक र प्राविधिक दुवै तवरबाट छिटो पहल गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar