१३ भदाै, काठमाडाैं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारमा सहयोग पुर्याउन युरोपियन युनियन (ईयू) ले नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ।
ईयूले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त रकमबाट बाढी प्रभावितलाई तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आश्रय लगायतका सामग्री तथा सेवा उपलब्ध गराइनेछ । बाढीपछि ईयूको सहयोग प्राप्त साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा राहत वितरणसमेत सुरु गरिसकेका छन्। ईयूका अनुसार यसअघि चालु वर्षको सुरुआतमै नेपालमा विपद् पूर्वतयारीका लागि करिब ३० लाख युरो मानवीय सहायता छुट्याइएको थियो।
त्यसैगरी, बाढीपछिको प्रतिकार्यलाई प्रभावकारी बनाउन ईयूले एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ परिचालन गर्ने जनाएको छ। प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी संकलन तथा नक्सांकनका लागि ‘कोपरनिकस’ भू-उपग्रह सेवा समेत सक्रिय गरिएको छ। ईयूकी कमिस्नर हाड्जा लाहबिबले बाढीका कारण सडक बग्नुका साथै गाउँहरू सम्पर्कविहीन बनेको र धेरै परिवार आफन्तको खोजीमा रहेको उल्लेख गरेकी छन्। उनले विपद्बाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउन ईयू प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्य, खाद्यान्न, खानेपानी र आश्रयका लागि २० लाख युरो सहयोग घोषणा गरिएको जानकारी दिइन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar