|  

त्रिशूली-३ ‘बी’ सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन

१३ भदाै, काठमाडाैं । बाढीका कारण प्रभावित बनेको माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा चिनियाँ टोलीलाई उद्धारमा खटाइएको हो। टोली चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको जनाइएको छ। चिनियाँ विज्ञहरूले नेपाली सेनाको विशेषज्ञ टोलीसँग समन्वय गरी सुरुङभित्रको अवस्थाबारे प्राविधिक अनुगमन (रेकी) गर्नेछन्। प्रारम्भिक अध्ययनबाट उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा ल्याइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।