|  

कांग्रेस इतर समूहले छुट्टै १५ औँ महाधिवेशनको तयारी थाल्ने

१३ भदाै, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

१५ औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट महाधिवेशन रोक्ने आदेश नआएकाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वअनुसार १५औँ महाधिवेशन अघि बढाउने बताएका छन्।कोइरालाका अनुसार महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी अधिवेशन प्रक्रिया पुनः अघि बढाइनेछ।

उनले विशेष महाधिवेशन पक्षधरबाट हुने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सहभागी नहुन नेता-कार्यकर्तालाई आग्रह गरेका छन्। साथै, १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशनको तयारीमा जुट्न सबै तहका नेता, सदस्य, प्रतिनिधि तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।