१३ भदाै, काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपाली र विदेशी नागरिकलाई आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री राहत कोषमार्फत सहयोग रकम उपलब्ध गराउन सकिने जनाएको छ। मन्त्रालयका अनुसार क्यूआर कोड तथा सरकारले तोकेको अनलाइन प्रणाली प्रयोग गरी राहत कोषमा रकम जम्मा गर्न सकिनेछ। भौतिक सामग्रीमार्फत सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्ति तथा शुभेच्छुकलाई सरकारले आवश्यकता र अवस्थाको मूल्यांकनका आधारमा समन्वय गर्ने जनाएको छ।
सरकारले बाढीपछि जारी उद्धार तथा राहत अभियानसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक स्रोत तथा सहयोग जुटाउने प्रक्रिया अघि बढाइरहेको पनि स्पष्ट पारेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar