|  

५० टन आपतकालीन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौँमा आइपुग्यो

१४ भदौ, काठमाडौं ।  चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ ।

आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।

चीनले पठाएको राहत सामग्रीमा पाल, कम्बल, सुत्ने झोला, ड्राइ बिस्कुट तथा प्राथमिक उपचार सामग्रीलगायत १३ हजार २०० थान सामग्री रहेका छन् । ती सामग्रीको कुल तौल ५० टन रहेको छ ।