|  

७३४ जनाको शव फेला, २४९८ जना सम्पर्कविहीन

१४ भदौ, काठमाडौं । तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म विभिन्न जिल्लामा ७३४ जनाको शव फेला परेको हो।

सबैभन्दा धेरै चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, धादिङमा ५०, तनहुँमा ३६, नुवाकोटमा ५२ र रसुवामा १३ जनाको शव भेटिएको छ।

बाढीमा परी २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।