|  

एकैदिन तोलामा साढे ९ हजार घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

१४ भदौ, काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा १८५ रुपैयाँ घटेर प्रतितोला   ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।