|  

शव व्यवस्थापनबारे भ्रम नफैलाउन कानुनमन्त्री गौतमको आग्रह

१४ भदाै, काठमाडौं । कानुनमन्त्री सोविता गौतमले रसुवामा बाढीपछि पहिचान हुन नसकेका शव व्यवस्थापनसम्बन्धी विषयमा तथ्यपूर्ण र सही सूचना प्रवाह गर्न आग्रह गरेकी छन् ।

विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएको र अझै धेरै नागरिक बेपत्ता रहेको उल्लेख गर्दै मन्त्री गौतमले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताएकी छन् । उनका अनुसार कठिन भौगोलिक अवस्था, अस्थिर जमिन, बाक्लो लेदो तथा गेग्रान, अवरुद्ध सडक र प्रतिकूल मौसमका कारण उद्धार तथा खोजीमा कठिनाइ भइरहेको छ ।यस्तो संवेदनशील अवस्थामा शव व्यवस्थापनबारे भ्रम फैलिन नदिन सम्बन्धित निकायबाट आधिकारिक र सही सूचना प्रवाह गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।