|  

बाढीपीडितको उद्धार र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन अपिल

१४ भदाै, काठमाडौं । संविधान सभा सदस्य परिषद् नेपालले बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायसँग सहयोगको अपिल गरेको छ।

परिषद्का महासचिव दीपकप्रसाद कुइँकेलले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल, संघसंस्था, निजी क्षेत्र, उद्योग व्यवसायी, वित्तीय संस्था, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय दातृ निकायलाई विपद् प्रभावितको खोज, उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका हुन्। परिषद्ले स्थानीय बासिन्दालाई पनि कठिन परिस्थितिमा संयमता र सावधानी अपनाउँदै आपसी सहयोगमा जुट्न अनुरोध गरेको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै परिषद्ले प्रभावितको खोजी तथा उद्धारसँगै सुरक्षित आवास, उचित क्षतिपूर्ति र दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।