|  

विभत्स फोटो-भिडियो सामाजिक सञ्जालमा नराख्न दूरसञ्चार प्राधिकरणको आग्रह

१४ भदाै, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रसुवा बाढीपछि सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स र हृदयविदारक तस्बिर तथा भिडियो नराख्न आग्रह गरेको छ।

प्राधिकरणले मोबाइल सन्देशमार्फत विपद्को संवेदनशील अवस्थामा यस्ता सामग्री सार्वजनिक नगर्न र यसअघि राखिएका भए तत्काल हटाउन अनुरोध गरेको हो। विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै प्राधिकरणले विपद्को समयमा संवेदनशीलता अपनाउन सबैलाई आग्रह गरेको छ।