|  

बहराइनले दियो नेपाललाई ८८ रनको सामान्य लक्ष्य

१५ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपमा बहराइनले नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको यूकेएम यूएसडी ओभलमा टस हारेर ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा चार मेडनसहित १४ रन खर्चेर पाँच विकेट लिए। ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए।

सन्दीप कप्तानमा फर्किएपछि नेपालको यो पहिलो आधिकारिक खेल हो।