१५ भदाै, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। मलेसियाको वाङ्गेस्थित युकेएम-वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै समेटियो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमालले महत्वपूर्ण योगदान दिए। उनले ५८ बलमा ५ चौका प्रहार गर्दै अविजित ३६ रन बनाए। अर्का ओपनर आसिफ शेखले १८ रन जोडे भने देव खनालले १० रन बनाए। कप्तान रोहित पौडेल १९ रनमा नटआउट रहे। बहराइनका लागि नेपालका तीनै विकेट इम्रान जावेद अन्वरले लिए।
यसअघि ब्याटिङ गरेको बहराइनका लागि फेज अहमद, मोहम्मद वासिम र अलि दाउदले मात्र दोहोरो अंकमा रन बनाउन सके। फेज अहमदले १५ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए। मोहम्मद वासिमले २७ बलमा १ चौकाको सहयोगमा १३ रन जोडे। अन्तिम ब्याटरका रूपमा मैदान प्रवेश गरेका अलि दाउदले २७ बलमा १ छक्कासहित १० रन बनाए। नेपालका बलरहरूले सुरुदेखि नै दबाब कायम राखेपछि बहराइन ठूलो स्कोर बनाउन असफल भयो। त्यसपछि सामान्य लक्ष्य पछ्याएको नेपालले सहज रूपमा खेल आफ्नो पक्षमा पार्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar