|  

प्रधानमन्त्री राहत कोषमा सोमबारसम्म झन्डै ६ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा

१६ भदौ, काठमाडौं । रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत दिएको जानकारी अनुसार नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा उक्त रकम जम्मा भएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख रुपैयाँभन्दा बढी र हिमालयन तथा लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार अमेरिकी डलर जम्मा भएको छ। थप देश तथा संघसंस्थाले पनि आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन्।