|  

पूर्वसूचना आदानप्रदानबारे लगाएको आरोप चीनले गर्‍यो अस्वीकार

१६ भदौ, काठमाडौं । नेपालमा गएको बाढी र पहिरोपछि हिमनदी तथा जलस्तरसम्बन्धी आवश्यक पूर्वसूचना उपलब्ध नगराएको भनी उठेका प्रश्नहरूलाई चिनियाँ विदेश मन्त्रालयले अस्वीकार गरेको छ ।

चीनले नेपालसँग मौसम, जलस्रोत तथा विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ ।

चिनियाँ पक्षका अनुसार मौसम सम्बन्धी हाइड्रोलोजिकल र मेट्रोलोजिकल तथ्यांक नियमित रूपमा प्रदान गरिँदै आएको छ ।

बाढी आउनुअघि चीनसँग विशेष गरी आफ्नो सीमाबाहिरका हिमाली क्षेत्रका हिमनदीको अवस्थाबारे कुन स्तरको तथ्यांक  उपलब्ध थियो भन्ने अझै स्पष्ट हुन नसकेको स्रोतले जनाएको छ ।