|  

नुवाकोटको एउटै घरमा २४ श#व फेला

१६ भदौ, काठमाडौं । भोटेकोशी बाढी प्रभावित नुवाकोटको बेत्रावतीस्थित एउटै घरबाट २४ जनाको शव फेला परेको छ।

विदुर नगरपालिका–१० स्थित उक्त घरबाट सोमबार २४ शव निकालिएको प्रहरीले जनाएको छ ।

फेला परेका शवमध्ये १३ महिला, १० पुरुष र एक बालकका छन् । शवहरूको पहिचान हुन सकेको छैन।