|  

अर्जेन्टिनी स्टार मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

१६ भदौ, काठमाडौं । महान् फुटबलर लियोनेल मेसीले दुई दशक अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रतिनिधित्व गरेपछि सोमबार सन्न्यासको घोषणा गरेका छन् ।

“यस्तो निर्णय गर्दा पीडा हुन्छ, अहिले मनदेखि नै आहत भएको छु तर मलाई थाहा छ, सन्न्यासको समय आएको छ,” ३९ वर्षीय मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन् ।

मेसीले विश्वकप फाइनल हारेको दुई दिनपछि नै सन्न्यासको पत्र लेखेको खुलासा गरे। उनका अनुसार बुबा जर्ज मेसी बिरामी भएकाले सन्न्यासको घोषणा केही पर सरेको हो।

मेसीका बुबा जर्जको गत अगस्ट ८ मा निधन भएको थियो। मेसीले व्यावसायिक फुटबललाई भने निरन्तरता दिनेछन्।  अहिले उनी अमेरिकाको क्लब इन्टर मियामीमा आबद्ध छन्।