|  

इरानमा सीमित आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना

१६ भदौ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित सैन्य आक्रमण गर्ने योजनाबारे विचार गरिरहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ।

रिपोर्टअनुसार होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि भइरहेका आक्रमण रोक्न इरानको क्षेप्यास्त्र तथा राडार क्षमतामाथि सीमित हमला गर्ने विकल्पबारे ट्रम्प र उनका वरिष्ठ सहयोगीहरूले छलफल गरिरहेका छन्।

बीबीसी फारसीले पनि एक्सियोसको रिपोर्ट उद्धृत गर्दै ट्रम्प प्रशासनले होर्मुज जलमार्गमा सीमित सैन्य कारबाहीको सम्भावना विचार गरिरहेको जनाएको छ।