|  

रुकुमपूर्वको सिस्नेमा जिप दुर्घटना हुँदा ८ जना घाइते

१६ भदौ, काठमाडौं ।  रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ स्थित स्यालापाखा सडकखण्डमा मंगलबार बिहान जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

लाम्फाकोटबाट रुकुमपश्चिमको खलंगातर्फ जाँदै गरेको भे १ ज ६०४५ नम्बरको जिप दुर्घटनामा परेको हो।

घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।