१६ भदाै, काठमाडौं । रसुवा बाढीपछि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बुधबारदेखि पुनः सञ्चालन हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले सदन सञ्चालनबारे आवश्यक निर्णय गरेपछि सभामुखले बैठक बोलाएका हुन्। यसअघि भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो। बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दलले सदन तत्काल सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो। त्यसपछि कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सदन सञ्चालनको वातावरण तयार गरिएको हो।
बुधबारको बैठकमा सभामुख अर्यालले विशेष प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए। उनका अनुसार विशेष प्रस्तावपछि नियमित कार्यसूची नराखी देशमा देखिएको विपद्कै विषयमा छलफल हुनेछ। बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले विपद्, उद्धार, राहत तथा व्यवस्थापनलगायत विषयमा धारणा राख्नेछन्। सभामुख आफैंले विशेष प्रस्ताव पेस गर्ने भएकाले उक्त प्रस्तावमा छुट्टै प्रस्तावक वा समर्थकको व्यवस्था नरहने पनि परियारले बताए। बाढी तथा अन्य विपद्का कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै केही दिनसम्म संसद् बैठकलाई नियमित राजनीतिक एजेन्डाभन्दा महाविपद्को विषयमा केन्द्रित गर्ने तयारी गरिएको उनको भनाइ छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar