विपिन देव ।
सोभियत संघको विघटन पश्चात पश्चिमा दवदवालाई निस्तेज गर्न चीनको सक्रियतामा एक संगठनको निर्माण भएको थियो । सेन्ट्रल एसियाका मुलुकहरूसंग सामिप्यता बढाउन चीन र रसिया समेत उकुसमुकसको अवस्थामा रहेको थियो । क्रिगिस्तान, ताजीसस्तान, उजवेगीस्तान, काजीगस्तान जस्ता सेन्ट्रल एसियाली मुलुकहरू सोभियत संघमा आवद्ध रहेका थिए । चीन र रसियाले सोभियत विघटन पश्चात यी मुलुकहरूलाई आफ्नो प्रभावमा राख्न सन् २००१ म संघाई सहयोग संगठन निर्माण गरेका थिए । संघाई सहयोग संगठन सैनिक गठबन्धन नभएर विकास, पूर्वाधार, आतंकवाद विरुद्ध साझा अभियान जस्ता मुद्दाहरूमा आधारित रहेर आफ्नो अभियान र योजनालाई अगाडी बढाइरहेको छ । सन् २०१७ मा भारत समेत संघाई सहयोग संगठनको एक सक्रिय सदस्य हुन गएको छ । भारतको आवद्धताले गर्दा संघाई सहयोग संगठनको प्रारूपमा व्यापक परिर्वतन देखिएको छ । वर्तमान परिवेशमा संघाई सहयोग संगठनको सदस्यहरूमा चीन, भारत, बेलायत, इरान, काजीगस्तान, क्रिगिसस्तान, पाकिस्तान र उजवेगीस्तान रहेका छन् । परिवेक्षक राष्ट्रका रूपमा अफगानीस्तान र मंगोलीया रहेका छन् । सम्वाद साझेदार (डाइलग पार्टनर) को रूपमा अरमेनीया, अजरवेजान, कम्वोडीया, नेपाल, श्रीलङ्का र टर्की रहेका छन् ।
संघाई सहयोग संगठनको २६ औं शिखर सम्मेलन क्रिगिस्तानको विसेक सहरमा अगष्ट ३१ देखि सेप्टेम्बर १ मा सम्पन्न हुन गइरहेको छ । बदलिदो भू(राजनीतिक परिवेशमा संघाई सहयोग संगठनको शिखर सम्मेलन वडो अर्थपूर्ण रहेको छ । विश्वमा मुर्धन्य नेतृत्वगण चीनिया राष्ट्रपति सी, रसीयाका राष्ट्रपति पुटिन, भारतका प्रधानमन्त्री मोदी र इरानका राष्ट्रपतिको सहभागिताले संघाई सहयोग संगठन अर्थपूर्ण भएको छ । संघाई सहयोग संगठनलाई सफल बनाउन र मोदी पुटिनको वार्तालाई फलिभूत गर्न भारतका परराष्ट्रमन्त्री अगष्टको अन्तिम सातामा रसिया यात्रा गर्दै पुटिनसंग भेटघाट गरेका थिए । साथ साथै सेप्टेम्बरको १२ र १३ मा नयॉ दिल्लीले आयोजन ागर्न लागेको व्रिक्स सम्मेलनमा समेत सहभागिताको लागि डा. जयशंकरले मोदीको तर्पmबाट पुटीनलाई निमन्त्रण गरेका थिए । संघाई सहयोग संगठनको शिखर सम्मेलनले भू-राजनीतिलाई केही खास संदेश दिएको देखिन्छ । संघाई सहयोग संगठनमा आर्थिक रूपले चीन सबभन्दा अब्वल हुनु रसिया र इरान उर्जामा सम्पन्न हुनु र भारत उदीयमान बजारको रूपमा हुनुले गर्दा आउने दिनमा पश्चिमा दवदव र हैमातलाई मत्थर गर्न संघाई सहयोग संगठनमा व्यापक मन्थन र गन्थन भएको पाइन्छ । मोदी र पुटिनको वार्ताले समेत केही खास संकेत दिएको देखिन्छ । वर्तमान परिवेशमा अमेरिकाले वारम्वार भारतलाई रसियासंग उर्जा खरिद नर्गन दवाव दिदै आएको अवस्था छ । रसिया युक्रेन युद्धको सेरोफेरोमा भारतले सस्तो दरमा रसिायसंग उर्जा खरिद गरेर आफ्नो चूस्त र दुरुस्त प्ररोधित प्रणालीबाट विश्व बजारमा तेल निर्यात गरेका थिए । अर्थात् मोदी र पुटिनको वार्ताले भारतको उर्जा सुरक्षालाई प्रत्याभूत गर्न रसियाको सहयोगको निरन्तरता पुटिनले गरेका छन् । साथै भारतको आणवीक र सैनिक कार्यक्रममा समेत रसियाको सहयोग र सद्भाव प्रत्याभूत भएको देखिन्छ ।
उर्जा, खाद्य, हातहतियार निर्यात गरेर रसियाले समेत आफ्नो आर्थिक मेरुदण्डलाई सुदृढ गरेको देृखिन्छ । मोदी पुटिनको वार्ताले अमेरिकी दवावलाई मत्थर गर्ने रणनीति लिएको देखिन्छ । मोदी र इरानका राष्ट्रपति महसुद तजकिजान विच् पनि अर्थपूर्ण वार्ता भएको छ । इतिहासको लामो आरोह र अवरोहमा इरान र भारत विच सौहाद्रपूर्ण सम्बन्ध पाइएको देखिन्छ । कश्मिरको मुद्दामा सदैव इरान पाकिस्तानको विपक्षमा उभिएर भारतलाई सहयोग गरेको देखिन्छ । इरानको चावहार वन्दरगाहको निर्माणका लागि समेत इरानले भारतलाई जिम्मा दिएको छ । अमेरिकी दवावका कारण भारतले इरानसंगको तेल खरिदमा न्यूनिकरण गर्दे आएको छ । संघाई सहयोग संगठनको सेरोफेरोमा भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपति विच हमूर्च जलडमरु मार्गलाई सहज बनाउन विर्मश भएको देखिन्छ ।
साथ साथै भारतले खाद्य, औषधी, लताकपडा लगायत अन्य सहयोग सुविधा इरानलाई उपलब्ध गर्न बचनवद्धता जाहेर गरेको छ । अमेरिकी दवाव र नाकावन्दीको विच समेत भारतले मानवीय मुल्य र मान्यताको आरधामा इरानलाई अवाश्यक रसद पानी उपलब्ध गराउ‘दै आएको छ । उजवेगीस्तानबाट सर्वोच्व नागरिक पुरस्कारबाट अंलकृत हु‘दै मोदीले संघाई सहयोग संगठनको माध्यमबाट आतंकवाद सम्बन्धि आफ्नो अडान दोह¥याएका छन् । संघाई सहयोग संगठनको प्रादुभाव नै आतंकवादको विरुद्ध साझा अभियान चलाउनु हो । संघाई सहयोग संगठनको मञ्चलाई पूर्ण रूपमा उपयोग गर्दै आतंकवादका पूर्वाधार र संरचनालाई पूर्ण रूपमा ध्वस्त गर्न मोदीले अपिल गरेका छन् । अर्थात् संघाई सहयोग संगठनको माध्यमबाट पाकिस्तानलाई भारतले दवावमा राखेको पाइन्छ । संघाई सहयोग संगठनको मञ्चलाई उपयोग गर्दै सेन्ट्रल एसियाली मुलुकहरूमा विद्युतियकरणको पूर्वाधार निर्माण गर्न भारतले आफ्नो पूर्ण सहयोग र अनुभव साझ ागर्ने वचनवद्धता जाहेर गरेका छन् । संघाई सहयोग संगठनको माध्यमबाट भारतले संयुक्त राष्ट्र संघमा आउने चूनावमा अस्थायी प्रतिनिधिमा भारतको उम्मेदवारी प्रति सर्मथन जुटाउन समेत गृहकार्य गरेको देखिन्छ । संघाई सहयोग संगठनलाई विकास र निर्माणको मञ्च बनाउन सम्वद्ध राष्ट्रहरूले आफ्नो अभिमत जाहेर गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar