१६ भदाै, काठमाडौं । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर (प्रभाव क्षेत्र/खाडल) वरपर रहेका हिमचट्टान तथा हिमखण्ड भत्किने जोखिम अझै कायम रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस्तो जोखिमले तल्लो तटीय क्षेत्रमा ठूलो खतरा निम्त्याउन सक्ने सम्भावना छ।चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभी न्युजले मंगलबार मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार, दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीपछि उत्पन्न जोखिमको निरन्तर मूल्याङ्कन भइरहेको छ। जलस्रोत मन्त्रालयले विपद्सँग सम्बन्धित सम्भावित जोखिम पहिचान गर्न विज्ञ परामर्श तथा अनुगमनलाई निरन्तरता दिएको जनाएको छ। मन्त्रालयका अनुसार हालै गरिएको रिमोट-सेन्सिङ तस्वीरको तुलनात्मक अध्ययनमा ग्यिरोङ साङ्पो नदी बेसिनमा पहिचान गरिएका १४ वटा हिमतालको जलसतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन। ती सबै हिमताल हालसम्म समग्र रूपमा स्थिर अवस्थामा रहेको जनाइएको छ।
यसैबीच, मंगलबार बिहान नेपाली समयअनुसार ५:४५ बजे खिचिएको ड्रोन तस्वीरले नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानीको ठूलो हिस्सा निकास भइसकेको देखाएको छ। तल्लो तटीय क्षेत्रमा नदीको बहावसमेत सामान्य अवस्थामा रहेको चिनियाँ पक्षले जनाएको छ। तर, पानीको सतह घट्दै गए पनि जोखिम पूर्ण रूपमा टरेको छैन। क्रेटर वरपर रहेका हिमनदी तथा हिमखण्ड जुनसुकै बेला भत्किन सक्ने सम्भावना रहेकाले त्यस क्षेत्रको अवस्था अझै निगरानीमा राखिएको छ। यसले तत्काल नदीको बहाव सामान्य देखिए पनि सम्भावित हिमखण्ड खस्ने वा त्यसबाट थप पानी तथा लेदोको बहाव उत्पन्न हुने जोखिमलाई भने पूर्ण रूपमा नकार्न नसकिने संकेत गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar