१६ भदाै, काठमाडौं । बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यको प्रभावकारी अनुगमन गर्न नेकपा एमालेले संसदीय विशेष समिति गठनको माग गर्ने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बुधबारदेखि सुरु हुने संसद बैठकमा संसदीय दलका नेतामार्फत सरकारको ध्यानाकर्षण गराउँदै विशेष समिति गठनको माग गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए। बैठकले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ। राहतका लागि एमालेका प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको महरले बताए।
महरले उद्धारमा ढिलाइ हुँदा ज्यान जोगाउन सकिने अवसर गुमेको आरोप लगाए। एउटै घरबाट २२ भन्दा बढी शव निकालिनु र कतिपय शव ५ देखि ७ दिनपछि मात्र फेला पर्नुले सरकारी संयन्त्रको तयारी र उद्धार व्यवस्थापनमाथि प्रश्न उठेको उनको भनाइ छ। उनले सुरुङलगायत विभिन्न स्थानमा अझै शव हुन सक्ने भन्दै खोजी कार्य तीव्र बनाउन माग गरे। परिवारलाई नबुझाई शव सामूहिक रूपमा गाडिएको भए त्यसप्रति समेत असन्तुष्टि जनाउँदै उनले शव व्यवस्थापनमा संवेदनशीलता अपनाउन सरकारलाई आग्रह गरे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar