|  

प्रतिनिधिसभा बैठक बस्दै, भोटेकोशी बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

१७ भदौ, काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोसी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुख अर्यालले भोटेकोसी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्ने लगायतका कार्यसूची रहेका छन् ।