|  

महाकालीमा पानीको बहाबले नाघ्यो खतराको तह

१७ भदौ, काठमाडौं ।  महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ ।

शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।

मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहे पनि खतराको तहमुनि नझरेका कारण बुधबार पनि सवारीसाधनको आवागमनमा रोक कायमै रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान महाकालीमा पानीको सतह घटेर दुई लाख ५५ हजार २८४ क्युसेक पुगेको छ ।