|  

कांग्रेस देउवा समूहको बैठक बस्दै

१७ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक बस्दै छ ।

बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ । बैठकमा १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्टामा छलफल हुनेछ ।

बैठकमा १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।