|  

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने

१७ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भए तापनि नेपाल आयल निगमले तत्कालका लागि स्थानीय बजारमा इन्धनको मूल्य नबढाउने निर्णय गरेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य बढेर आए पनि देशमा विद्यमान प्राकृतिक विपद्को परिस्थिति र भोटकोशीमा आएको बाढीका कारण सिर्जित समस्यालाई मध्यनजर गर्दै निगमले पुराना मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

मूल्य वृद्धि नगर्दा निगमलाई भने ठूलो आर्थिक भार पर्ने देखिएको छ । निगमका अनुसार पछिल्लो खरिद मूल्यअनुसार बिक्री मूल्य यथावत राख्दा निगमलाई पाक्षिक रूपमा (१५ दिनमा) करिब १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।