|  

इरानमा वैवाहिक समारोहमा अमेरिकी बमबारी, पाँचजनाको मृ#त्यु

१७ भदौ, काठमाडौं । इरानले देशको दक्षिणी जिल्ला सिरिकको कुहेस्तक सहरमा अमेरिकी वायुसेनाले वैवाहिक समारोह भइरहेको एउटा घरमा बमबारी गरेको आरोप लगाएको छ ।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बाघेईले यसलाई बर्बर आक्रमणको संज्ञा दिँदै एक बालकसहित कम्तीमा पाँचजनाको मृत्यु भएको जनाएका छन् ।

बुधबार बिहान भएको आक्रमणमा ६३ जना घाइते भएका छन्, जसमा ५० जनाभन्दा बढी महिला र बालबालिका छन् । घाइतेहरूलाई नजिकैको मिनाब सहरको अस्पतालमा भर्ना गरिएको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले होर्मुज जलमार्गमा इरानी रिभोल्युसनरी गार्डसले व्यापारिक जहाजहरूमाथि गरेको आक्रमणको जवाफमा इरानी सैन्य निकायहरूलाई लक्षित गरी नयाँ आक्रमण गरिएको जनाएको छ ।