|  

भोटेकोशीको बाढीमा मृत्यु भएका ७ जनाको श#व पाल्पामा व्यवस्थापन

१७ भदौ, काठमाडौं ।  रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएका सातवटा शव तानसेनमा व्यवस्थापन गरिएको छ ।

नवलपुरमा फेला परेर पाल्पा ल्याइएका शवको व्यवस्थापन गरिएको हो । पाल्पा ल्याइएका पहिचान नभएका ८ शवमध्ये ७ जनाको डीएनए परीक्षण हुलिया लिएर मापदण्ड अनुसार व्यवस्थापन गरिएको हो ।

एक बालकसहित तीन पुरूष, दुई महिला र एक बालिकाको शव व्यवस्थापन गरिएको हो ।एक जना महिलाको शव भने पहिचान भएको छ । उनको शव नुवाकोटबाट आएका आफन्तलाई जिम्मा लगाइएको छ ।