|  

म इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको छैनः ट्रम्प

१७ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इरानलाई कुनै पनि वार्ताको टेबलमा ल्याउने प्रयासमा नरहेको बताएका छन् ।

मंगलबार राति ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत आफूलाई इरानसँग सम्झौता गर्न कुनै चासो नरहेको बताएका हुन् । उनले पोस्ट गर्नुअघि एबीसी न्यूजले ट्रम्प प्रशासनले इरानलाई वार्ताका लागि बाध्य पार्ने प्रयास गरिरहेको उल्लेख गरेको थियो ।

ट्रम्पले लेखेका छन्, ‘एबीसीले दिएको रिपोर्ट फेक न्युज हो। म इरानलाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको छैन। मलाई अहिलेको अवस्था नै बढी मन परेको छ, जहाँ होर्मुज जलडमरूमध्यमा हाम्रो लगभग पूर्ण नियन्त्रण छ र इरानको अर्थतन्त्र पूर्ण रूपमा धराशायी हुँदैछ। उनीहरू केवल टार्न नसकिने प्रक्रियालाई ढिलाइ गरिरहेका छन्।’