|  

तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

१७ भदौ, काठमाडौं ।  साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा  प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा  १ सय ८५ रुपैयाँले घटेर  प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।