१७ भदाै, काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीबाट भएको क्षति र उद्धार-राहतको अवस्थाबारे प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।
संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। भदौ १० गते भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो। पछिल्लो विवरणअनुसार बाढीमा १ हजार ११३ जनाको शव फेला परिसकेको छ भने ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी छन्। बाढीपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन्। उनले भने सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार, राहत तथा पछिल्लो अवस्थाबारे नियमित जानकारी दिँदै आएका छन्।
यसैबीच, आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ। प्रधानमन्त्रीको संसद सम्बोधन र विशेष प्रस्तावमार्फत सरकारले बाढीपछिको अवस्था, उद्धार तथा राहतका विषयमा आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar